राष्ट्र बैंकमा पनि कोरोना, मुद्रा व्यवस्थापन विभाग सिल

 साउन २८, २०७७ बुधबार १९:३९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल राष्ट्र बैंकका एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएको हो । 

बुधबार दिनभर राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग सिल गरेर सङ्क्रमित व्यक्तिको नजिकमा रहेर काम गर्नेहरुको पीसीआर जाँच गरिएको प्रवक्ता गुणाकर भट्टले जानकारी दिनुभयो । 

राष्ट्र बैँकका सबै कर्मचारीमा कोरोनाको परीक्षण गर्ने तयारी भइरहेको छ । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया