शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – कोरोना सङ्क्रमणबाट नेपालमा पछिल्लाे २४ घण्टामा १० जनाको मृत्यु भएको पुष्टि छ ।
गएको सोमबार जनकपुरको रामजानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका महोत्तरीको मटिहानी नगरपालिका ६ का ५२ वर्षीय पुरुष र मङ्गलबार दिउँसो वीरगञ्ज महानगरपालिका १६ को सडकमा मृत भेटिएका बाराको विश्रामपुर ५ का ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएसँगै २४ घण्टामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको हो ।
योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९२ जना पुगेको छ । यसअघि काठमाण्डौको किस्ट अस्पतालमा उपचारको क्रममा काठमाण्डाैकाे टेकुकी ७८ वर्षीया महिला र बाराको कलैयाका ७५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।
यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धनुषाको जनकपुरकी ३८ वर्षीया महिला र मेडिसिटी अस्पतालमा जनकपुरकै ७२ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
धादिङको नीलकण्ठ नगरपालिका १४ काे धुँवाकोटका ३२ वर्षीय पुरुषको ह्याम्स अस्पतालमा मृत्यु भएको छ । यस्तै कोरोना विशेष अस्पताल बुटवलमा उपचारको क्रममा कपिलवस्तु नगरपालिका २ काे तौलिहवाका ४२ वर्षीय पुरुष र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मोरङकाे बूढीगङ्गा गाउँपालिका २ का ५५ वर्षीय पुरुषको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस्तै सप्तरीको डाक्नेश्वरी–८ घर भइ राजविराज ६ मा बस्ने ७२ वर्षीय पुरुषको आइसोलेशनमा लैजाने क्रममा एम्बुलेन्समै मृत्यु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
शिव राम काभ्रेली
Aug. 12, 2020, 8:35 p.m.यदि यस्तै संक्रमण बढी रहने र मृत्यु दर पनि बढी रहने हो भने अमेरिका , इटाली, फ्रान्स, ब्राजिल अनि छिमेकी देश भारत को हालत नेपालमा पनि नआउला भन्न सकिँदैन । त्यसैले बेलैमा सोचौं सरकार केही त होला नि उपाय