कोरोनाविरुद्ध आफूले बनाएको खोपको बारेमा अन्तर्राष्ट्रिय चिन्ता निराधार : रुस

 साउन २९, २०७७ बिहिबार ७:५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - रुसले कोरोना भाइरसविरुद्ध आफूले बनाएको खोपको बारेमा अन्तर्राष्ट्रिय चिन्ता निराधार भएको दाबी गरेको छ ।

रुसी स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोले पहिलो चरणमा अबको दुई हप्तामा नै डाक्टरलाई खोप दिने जानकारी दिँदै परीक्षण बिना नै प्रयोगमा ल्याउन लागेको भन्ने अन्तर्राष्ट्रिय चिन्ता निराधार भएको बताउनुभएको हो । 

उहाँले अक्टोबर महिनाबाट ठूलो संख्यालाई खोप दिन थाल्ने योजना रहेको पनि बताउनुभयो । कोरोनाविरुद्ध खोप तयार पारेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरे पनि विश्व स्वास्थ्य संगठनले भने प्रश्न उठाएको छ । 

संगठनले विश्वभर ६ वटा खोप परीक्षणको तेस्रो चरणमा पुगेको तर रुसले दाबी गरेको खोप त्यसभित्र नपरेको भन्दै प्रश्न उठाएको हो । रुसको खोपमा विशेषगरी अमेरिका र यूरोपमा प्रश्न उठेका बीबीसीले जनाएको छ । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने रुसले विकास गरेको कोरोना भाइरस विरुद्धको खोप आफ्नो छोरीलाई पनि दिइएको जानकारी दिँदै सबै परीक्षण सकिएको बताउनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया