शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ - भोलिदेखि पानी कम पर्ने मौसमविद्ले बताएका छन् ।
मनसुन चलिरहेकाले कतै/कतै पानी परे पनि भोलिदेखि लगातार झरीको संभावना कतै पनि नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् वरुण पौडेलकाअनुसार दिउँसो धेरै ठाउँमा चर्को घाम लागे पनि केही ठाउँमा भने पानी पर्ने संभावना छ ।
तर मनसुन चलिरहेकाले बेलुकादेखि बिहानसम्म केही ठाउँमा पानी पर्ने छ । दिउँसो तातेको जमिन बेलुकी चिसो हुन थालेपछि राति र बिहानीपख पानी पर्नु स्वभाविक भएको उहाँको भनाइ छ ।
दिउँसो कम पानी परेपछि गर्मी भने बढ्नेछ । आज भने प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केही ठाउँमा भने हल्कादेखि मध्यम खालको पानी पर्न सक्नेछ । तर अबको केही दिन लगातार झरीको संभावना कतै पनि नभएको मौसमविद्ले जानकारी दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।