शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ - काठमाण्डौ छिर्ने मुख्य नाका नागढुंगाबाट जबरजस्ती आउँन खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गएराति पौने ११ बजेतिर नागढुंगाबाट काठमाण्डौ प्रवेश गर्न लागेका नुवाकोट शिवपुरी गाउँपालिका २ का कमल तामाङ, सुर्खेतको गुर्वाकोट गाउँपालिका १ का बिक्की नेपाली र रुपन्देहीको बुटवल ११ का विशाल रसाईलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सरकारले यही १५ गतेदेखि बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म नाकाबाट प्रवेश गर्न नदिने निर्णय गरिसकेको छ । तर उनीहरुले काठमाण्डौ प्रवेश गर्न पाउनुपर्ने माग राखेर जबरजस्ती गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
उनीहरुलाई अहिले महानगरीय प्रहरी वित्त थानकोटमा राखिएको छ । उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि सरकारले रोकथाम तथा नियन्त्रणको लागि भन्दै कडाइ गर्न थालेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।