भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था थप गम्भीर बन्दै

 साउन २९, २०७७ बिहिबार १०:२१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था थप गम्भीर बन्दै गएको छ । 

शल्यक्रिया पश्चात् आजसम्म पनि उहाँको स्वास्थ्यमा कुनै सुधार नआएको उहाँको उपचारमा संलग्न  डाक्टरलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले खबर लेखेका छन् । 

उहाँ गएको साउन २६ गतेदेखि दिल्लीको आर्मी आरआर अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँको अवस्था थप चिन्ताजनक बन्दै गएको छ । 

कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । अवस्था चिन्ताजनक भएपछि बचाउनका लागि मुखर्जीको मस्तिष्क शल्यक्रिया गर्नुपरेको अस्पतालले जनाएको छ ।
 

अन्तिम अपडेट: भदौ ३, २०७७

तपाईको प्रतिक्रिया