ओली र प्रचण्डबीच छलफल चल्दै

 साउन २९, २०७७ बिहिबार १२:१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल चलिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच छलफल चलिरहेको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्ड ११ बजे बालुवाटार पुगेपछि दुई नेताबीच छलफल भैरहेको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले स्थायी समिति बैठकमा आफू नजाने, केन्द्रीय समिति बैठक नबोलाउने, स्थायी समिति बैठक राखेमा वैधानिक नहुने, अध्यक्ष र प्रधानमन्त्रीको पद नछोड्नेलगायत अडान राख्दै आउनुभएको छ । 

अर्का अध्यक्ष प्रचण्डले भने प्रधानमन्त्री ओलीले कुनै एक पदबाट राजीनामा दिनुपर्ने, अवरुद्ध स्थायी समिति बैठक सुरु गर्नुपर्ने र त्यो नभए केन्द्रीय समिति बोलाउनुपर्ने बताउँदै आउनुभएको छ । यही कारणले नेकपामा विवाद बढेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया