कोरोनाको जोखिम बढेपछि कलङ्की, कालीमाटी लगायत क्षेत्रमा अत्यावश्यक बाहेकका पसल बन्द

 साउन २९, २०७७ बिहीबार १५:२३:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिन थालेपछि काठमाण्डाै महानगरपालिका वडा नम्बर १४ मा अत्यावश्यक बाहेकका पसल बन्द गरिएको छ । 

वडा कार्यालयले प्रेस विज्ञप्ति निकालेर आफ्नो क्षेत्रमा समुदायमा नै कोरोना फैलिसकेको निष्कर्ष निकालेर बिहीबारदेखि अत्यावश्यक बाहेकका पसल नखोल्ने निर्णय गरेको हो । केही दिनअघि क्यासेट पसलका एक जनालाई सङ्क्रमण देखिएको र पछि कन्ट्याक्ट ट्रेसिङ गर्दा अन्यमा पनि सङ्क्रमण पाइएको विज्ञप्तिमा उल्लेख छ । 

बिहीबारदेखि १५ दिनसम्म अब वडा नम्बर १४ का कलङ्की, कालीमाटी, खड्का गाउँ, कुलेश्वर, बल्खु खोलासम्मका पसल तथा गतिविधि बन्द गरिएको वडाध्यक्ष शोभा सापकोटाले जानकारी दिनुभयो । 

अब फलफुल तथा तरकारी व्यवसायीले बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र पसल खोल्न पाउने छन् भने औषधिलगायत खाद्यान्न खुद्रा व्यवसायीले दुरी कायम गरेरमात्र दिनभर पसल खोल्न पाउने छन् ।

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया