काेराेनाबाट मृत्यु हुनेकाे सङ्ख्या ९५ पुग्याे

 साउन २९, २०७७ बिहीबार १६:३६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेकाे सङ्ख्या ९५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएसँगै मृतककाे कुल सङ्ख्या ९५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार महोत्तरी, धनुषा, अछाम र मोरङ जिल्लामा एक/एक जना गरी चार जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार धनुषाको मिथिला नगरपालिका ७ ढल्केबरकी ८५ वर्षीया महिलाको साउन २८ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हाे ।

अछामको रामारोशन गाउँपालिका ५ का १८ वर्षीय किशोरको साउन २८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा मृत्यु भएको थियाे । उनी मुटुरोगबाट ग्रसित थिए । यस्तै मोरङको विराटनगर महानगरपालिका ३ का ५७ वर्षीय पुरुषको साउन २८ गते कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे । उनी मधुमेह र उच्च रक्तचापबाट ग्रसित थिए ।

यसैगरी महोत्तरीको मटिहानी नगरपालिका ६ का ४५ वर्षीय पुरुषको साउन २५ गते मृत्यु भएको प्रवक्ता गाैतमले बताउनुभयो । क्षयरोग र मधुमेहका ग्रसित उनको राज जानकी अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएको हो ।

मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले अहिलेसम्म ७३ जना पुरुष र २२ जना महिला गरी ९५ जनाको मृत्यु भएकाे जानकारी दिनुभयो ।

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया