काठमाण्डाैमा १११ सहित उपत्यकामा थप १२७ जनामा काेराेना सङ्क्रमण

 साउन २९, २०७७ बिहिबार १६:४८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा एक सय २७ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले उपत्यकाका एक सय २७ सहित देशैभर पाँच सय २५ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयाे । काठमाण्डाैमा एक सय ११, ललितपुरमा ११ र भक्तपुरमा पाँच जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

पछिल्ला दिन काठमाण्डौ उपत्यकामा कोरोना सङ्क्रमित भेटिने क्रम बढेको छ । उपत्यकामा समुदायस्तरमै कोरोना सङ्क्रमित भेटिने क्रम बढेपछि विज्ञहरुले थप सचेतता अपनाउनुपर्नेमा जोड दिइरहेका छन् । 

बाक्लो बस्ती, आर्थिक क्रियाकलाप तथा जोखिम वर्ग धेरै भएकोले यहाँ कोरोनाको महामारी चर्को हुने भएकाले अहिले नै नियन्त्रणका लागि थप पहल आवश्यक रहेको विज्ञहरुको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया