शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ – कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेकाे सङ्ख्या दिनहुँ बढ्न थालेपछि सरकारले शव व्यवस्थापनमा ध्यान दिन आग्रह गरेको छ । शव व्यवस्थापनमा सामान्य ध्यान पुर्याउन नसक्दा सङ्क्रमणको जोखिम बढ्ने भन्दै स्वास्थ्य मन्त्रालयले सावधानी पूर्वक शव व्यवस्थापन गर्न अनुरोध गरेको हो ।
शव व्यवस्थापनका लागि निम्न सावधानी अपनाउन सकिन्छ–
• शवको व्यवस्थापन गर्दा परम्परागत चलिएको अन्तिम संस्कार गर्ने ठाउँ र अन्त्येष्टि गर्ने ठाउँमा विशेष सावधानी अपनाउनु पर्छ ।
• शवलाई कपडाले राम्ररी बेर्नुपर्छ । सङ्क्रमणपछि मृत शरीरबाट तरल पदार्थको चुहावट रोक्न नाक, मुख र कानमा कपास राख्नुपर्छ ।
• अस्पताल, शव परीक्षण गृह, चिहान, मैदान र शव वाहन चलाउने सबै व्यक्तिले सङ्क्रमण रोकथामको विधि अपनाइ सुरक्षाका सामग्रीको प्रयोग गर्नुपर्छ ।
• अन्तिम संस्कारमा शव वाहन चालक, मलामी, आफन्त सबैले मास्क र सर्जिकल पन्जा अनिवार्य लगाउनुपर्छ ।
• शव छुने व्यक्तिले अनिवार्य पानी नछिर्ने एप्रोन, चस्मा, बुट जुत्ता, जुत्ताको खोल, पन्जा लगाउनुपर्छ ।
• मृत शरीरलाई धेरै चलाउनु हुँदैन ।
• सङ्क्रमितको मृत्यु घरमै भएको छ भने परिवारका सदस्य र अन्तिम संस्कारमा जानेले सुरक्षाका सामग्री प्रयोग गर्नुपर्छ ।
• अन्तिम संस्कारमा बच्चा र ६० वर्षमाथिका व्यक्तिलाई लैजानु हुँदैन ।
• शव वाहन र इस्टेचरलाई शव बोकेपछि अनिवार्य निर्मलीकरण गर्नुपर्छ ।
• शवको व्यवस्थापन गर्ने व्यक्तिलाई सङ्क्रमणको जोखिम हुँदैन भनेर ढुक्क बनाउनुपर्छ । जस्तै– शवले नखोक्ने भएकाले, सास नफेर्ने भएकाले हाँच्छिउँ गर्दैन । जसले गर्दा व्यवस्थापनमा रहेका व्यक्तिलाई सिधै कोरोना सर्ने जोखिम हुँदैन । तर मृत शरीरबाट तरल पदार्थ बगेको भए त्यो चलाएपछि राम्ररी साबुन पानीले मिचीमिची हात धुनुपर्छ ।
• शुभेच्छुक वा आफन्त र परिवारले मृत्य व्यक्तिलाई हेर्न चाहेमा अनुहार देखाउन सकिन्छ । तर अँगालो हाल्ने, चुम्बन गर्ने र शवलाई मुसार्ने गर्नु हुँदैन ।
• अन्त्येष्टिमा गएकाहरुले कम्तीमा पनि एक मिटरको भौतिक दुरी कायम गर्नुपर्छ ।
• अन्त्येष्टि स्थलबाट घर फर्किनुअघि अनिवार्य साबुन पानीले राम्ररी हात धुनुपर्छ । स्वास्थ्य मन्त्रालयले यदि शव व्यवस्थापनमा रोकावट भए हटलाइन नम्बर ११४० मा सम्पर्क गरी सहयोग लिन पनि अनुरोध गरेको छ । नेपालमा अहिलेसम्म कोरोनाका कारण ९५ जनाको मृत्यु भएकाे छ भने २४ हजार नाै सय ५७ जनालाई सङ्क्रमण पुष्टि भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।