शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले स्वाब परीक्षणका लागि दिइसकेपछि अनिवार्य आइसोलेशनमा बस्न आग्रह गर्नुभएको छ ।
नमुना परीक्षणको रिपोर्ट आएपछि सम्पर्कमा रहेकाहरुलाई खबर गर्न पनि उहाँको अनुरोध छ । कोरोना परीक्षणको रिपोर्ट नआउँदै घुमफिरमा निस्कँदा पछि सङ्क्रमण पुष्टि हुँदा सम्पर्कमा आएकाहरुको खोजी गर्न समस्या भएको मन्त्रालयले जनाएको छ ।
साथै स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसकाे सङ्क्रमण भएको आशङ्का भएमामात्र स्वाब परीक्षण गर्न आग्रह गरेको छ । तर कतिपयले स्वाब परीक्षणका लागि दिइसकेपछि पनि घरबाहिर घुम्ने गरेको पाइएको र यसले कोरोना सङ्क्रमणको जोखिम थप बढाएको भन्दै स्वास्थ्य मन्त्रालयले सचेत गराएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।