शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ - आज रातिदेखि पानी पर्ने क्रम बिस्तारै बढ्ने मौसमविद्ले बताएका छन् ।
मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै आउन लागेकाले रातिदेखि पानी पर्ने क्रम बिस्तारै बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर पानी पर्दा नजिकै ठूलो पानी परे पनि नजिकै अर्को ठाउँमा पानी नपर्न पनि सक्ने महाशाखाका मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।
उहाँका अनुसार अहिले देशका केही ठाउँको मौसम खुलेको भए पनि प्रदेश १, वाग्मती प्रदेश ,गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । अहिले खुलेको ठाउँको मौसम पनि बिस्तारै बादल लागेर केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।
वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पनि पर्ने सम्भावना रहेको उहाँको भनाइ छ । यस्तै राति प्रदेश १, वाग्मती प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने पूर्वानुमान गरिएको मौसमविद् अर्यालले बताउनुभयो ।
उहाँका अनुसार आजको भन्दा भोलि देशका धेरै ठाउँमा पानी पर्ने संभावना छ । केही दिनयता कम पानी पर्दा गर्मी भने बढेको छ । काठमाण्डौमा हिजोको तापक्रम ३१ डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ । अस्ति २९ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डौको तापक्रम हिजो दुई डिग्रीले बढेको हो । यसैबीच कास्कीको लुम्ले ठूलो पानी परेको र अझै पानी परिरहेकाले एक्कासी बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले कमजोर र भिरालो जमिन आसपास पहिरोको जोखिम रहेकाले बिहान १० बजेसम्म नै सावधानी अपनाउन आग्रह पनि गरेको छ । यसैगरी आज बर्दिया, कैलाली, कन्चनपुरका केही ठाउँमा राति ठूलो पानी परेको र अझै पानी पर्ने भएकाले कान्द्रा, मोहना, खुटिया, सुहेली, चौधरा र साना खोलामा एक्कासी बाढी आएर होचा ठाउँमा डुबान हुनसक्ने भएकाले सतर्क हुन महाशाखाले अनुरोध गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।