बुटवलमा भदौ ५ गतेसम्म लकडाउन

 साउन ३०, २०७७ शुक्रबार १०:२७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही - बुटवलमा लकडाउन सुरु भएको छ । गएराति ११ बजेर ४५ मिनेटदेखि सुरु भएको लकडाउन भदौ ५ गते राति ११ बजेर ४५ मिनेटसम्म कायम रहने बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

पछिल्लो समय समुदायस्तरमा कोरोना सङ्क्रमण भेटिन थालेपछि थप जोखिम बढेको भन्दै एक हप्ता लकडाउन गर्ने निर्णय भएको उपमहानगरका उपप्रमुख गुमादेवी आचार्यले बताउनुभयो ।

उहाँले लकडाउनको पालना गराउनका लागि अनुगमन र कारबाहीलाई सँगै लैजाने बताउनुभयो । निर्माण कार्यमा प्रयोग भएका मजदुरले सुरक्षा मापदण्ड नअपनाएको पाइए टोल समितिमा खबर गर्न पनि उहाँले आग्रह गर्नुभएको छ।

लकडाउन उपमहानगरपालिकाको लागि नभएर आफ्नै सुरक्षाको लागि हो भनेर पालना गर्न उपप्रमुख आचार्यले आग्रह गर्नुभयो । लकडाउनपछि अत्यावश्यकबाहेक सबै पसल तथा व्यवसाय बन्द भएका छन् । खाद्यान्न पसल बिहान ७ बजेदेखि ११ बजेसम्म मात्र खुल्न पाउनेछन् । 

सार्वजनिक र निजी गाडी चलाउन पाइने छैन । तरकारी बोक्ने गाडी परिचयपत्र देखाएर मात्र सञ्चालन गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाहरु ५० प्रतिशत जनशक्ति राखेर बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म अनुमति लिएर खोल्न पाइने उपमहानगरपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया