प्राधिकरणका कार्यकारी निर्देशक कुलमानलगायतकाे पीसीआर रिपाेर्ट नेगेटिभ

 साउन ३०, २०७७ शुक्रबार ११:५६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत उप-कार्यकारी निर्देशकहरुको पीसीआर रिपाेर्ट नेगेटिभ आएको छ ।

प्राधिकरणका एक इन्जिनियरलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि उनले भेटेका कार्यकारी निर्देशक, उप-कार्यकारी निर्देशकहरु र निर्देशकहरु लगायतको बिहीबार पीसीआर परीक्षण गरिएको  थियो । 

परीक्षणको नतिजा शुक्रबार आएको र आफूलगायत सबैको रिपाेर्ट नेगेटिभ देखिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया