सिन्धुपाल्चाेक पहिराेमा बेपत्ता हुनेहरु (सूचीसहित)

 साउन ३०, २०७७ शुक्रबार १३:३६:० | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चाेक – सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा पहिरोले ३७ घर बगाउँदा ३८ जना सम्पर्कविहीन भएका छन् ।

पहिराेमा अहिलेसम्म दुई जनाकाे शव भेटिएकाे र आठ जना घाइते भएको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । घाइतेमध्ये चार जनाको चौतारा र एक गम्भीर घाइतेको काठमाण्‍डाैमा उपचार जारी छ । 

अहिले उद्धार र खोजीको काम चलिरहेको उहाँले बताउनुभयो । प्रभावित क्षेत्रमा सभामुख अग्नि सापकोटासहितको टोली पनि पुगेको छ । 

यस्तै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट पनि प्रहरीको टोली घटनास्थल गइरहेको छ ।

घटनास्थलमा रहेका जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङका अनुसार पहिराेमा बेपत्ता हुने सबै दोङ समुदायका छन् ।

बेपत्ता हुनेको सूची (गाउँपालिका अध्यक्षका अनुसार)

१. छविलाल दोङ
२. सोमरानी दोङ
३. धनलक्ष्मी
४. शिरमाया दोङ
५. विवरानी दोङ
६. साहिँली दोङ
७. बिबी लक्ष्मी
८. सानुकान्छा
९.  साङलामो दोङ
१०. सोनाम दोङ
११. हिरा भक्ति
१२. जीते झाँक्री
१३. सानुकान्छी दोङ९गर्भवती०
१४. दिन्दुस दोङ
१५. सुरज दोङ
१६. करेसमाई दोङ
१७. च्यामा दोङ
१८. सानु दोङ
१९. टीकामाई दोङ
२०. छिरिङ दोङ
२१. मानबहादुर दोङ
२२. जयबहादुर दोङ
२३. प्रिया दोङ
२४. प्रीति दोङ
२५. कान्छी दोङ
२६. सानुकान्छी दोङ
२७. वाङ्ची लामा दोङ
२८. धनमाया तामाङ दोङ
२९. रेनिस दोङ
३०. मेकमाई दोङ
३१. मिलन दोङ
३२. विमला दोङ
३३. माइला पराङ
३४. प्रकाश दोङ
३५. साइली दोङ
३६. आयुश दोङ
३७ . सुवास तामाङ
३८. टीकामाई दोङ 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया