सिन्धुपाल्चोक पहिरो : ७ जनाको शव भेटियो, ३१ जनाको खोजी हुँदै

 साउन ३०, २०७७ शुक्रबार १५:६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चोक – जुगल गाउँपालिका वडा नम्बर २ काे लिदीमा शुक्रबार बिहान खसेको पहिराेमा परि हराएकामध्ये सात जनाको शव भेटिएको छ ।

पहिरोमा पुरिएर सात जनाको ज्यान गएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको प्रहरी प्रमुख प्रज्ज्वल महर्जनले जानकारी दिनुभयो । पहिरोमा परेकामध्ये ३१ जना अझै हराइरहेका छन् । उनीहरुको खोजी भइरहेको छ ।

पहिराेमा परि घाइते भएका पाँच जनाको उद्धार छ । घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाण्डाै पठाइएको महर्जनले बताउनुभयो । पहिरोले ३७ घरमा क्षति पुगेकाे छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया