मन्त्रालयको अनुमति विना कोरोना सङ्क्रमितलाई रेफर गर्न नपाइने

 साउन ३०, २०७७ शुक्रबार १७:१९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नाे अनुमति विना कोरोना सङ्क्रमण पुष्टि भएका बिरामीहरुको रेफर नगर्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाण्डौ उपत्यकासहित कतिपय ठाउँमा सघन उपचार कक्ष (आईसीयू) तथा भेन्टिलेटरको अभाव हुन थालेको भन्दै कोरोना पुष्टि भएका बिरामीलाई जथाभाबी रेफर नगर्न निर्देशन दिएको हो ।

सबै निजी अस्पताललाई समेत २० प्रतिशत शय्या कोरोना सङ्क्रमितका लागि छुट्याउन यसअघि नै निर्देशन दिएको भन्दै प्रवक्ता गौतमले कुनै सङ्क्रमितलाई अर्को अस्पतालमा लैजानै पर्ने अवस्था आएमा मन्त्रालयबाट अनुमति लिएर हव अस्पतालसँगको समन्वयमा मात्र रेफर गर्नुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया