मिङ्मा डेभिड शेर्पा : विश्वका अग्ला १४ वटै हिमाल चढ्ने कान्छो आरोही

 साउन ३०, २०७७ शुक्रबार १७:४५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ताप्लेजुङका मिङ्मा डेभिड शेर्पाले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने कान्छो आरोहीको विश्व कीर्तिमान कायम गर्नुभएको छ ।

३० वर्ष एक सय ६६ दिनको उमेरमा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गरेको भन्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डले उहाँको कीर्तिमानी दर्ता गरेको हो । 

सन् २०१० मा सगरमाथा आरोहण गरेर अग्ला हिमाल आरोहणको यात्रा थाल्नुभएका शेर्पाले सन् २०१९ को अक्टोबर १९ मा तिब्बतको शिशापाङ हिमाल आरोहण गरेर नौ वर्ष एक सय ५९ दिनमा संसारमा अग्ला हिमालको आरोहण अभियान सम्पन्न गर्नुभएको गिनिज बुकले जनाएको छ । उहाँले यसअघि ६१ दिनको फरकमा सगरमाथा र के–२ चढेर छोटो समयमा सगरमाथा–के २ चढेको कीर्तिमान गिनिज बुकमा लेखाइ सक्नुभएको छ ।  

याे पनि पढ्नुहाेस्

कान्छो आरोहीको कीर्तिमान कायम गरेपछि शेर्पाले यो रेकर्ड आफू र हिमाल आरोहण व्यवसायकै लागि गर्वको विषय भएको बताउनुभयो । उहाँले नेपालमा पर्वतारोहणको धेरै सम्भावना रहेको भन्दै व्यवस्थित गर्न सरकारले थप पहल गर्नुपर्ने बताउनुभयो । 

सहयोगी शेर्पाले लकडाउनको बेला समस्यामा परेका पर्यटन मजदुरलाई राहत वितरणमा पनि सक्रिय रहनुभएको छ ।  

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया