चार अर्ब ४५ करोड रुपैयाँ बढीको शेयर निष्कासनका लागि प्रक्रियामा छ : धितोपत्र बोर्ड

 साउन ३०, २०७७ शुक्रबार १९:५०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल धितोपत्र बोर्डले चार अर्ब ४५ करोड रुपैयाँ बढीको साधारण शेयर निष्कासनका लागि प्रक्रियामा रहेको जनाएको छ । बोर्डले बीमा, लघुवित्त र जलविद्युत् र अन्य गरी अहिलेसम्म चार अर्ब ४५ करोड रुपैयाँ बढीको प्राथमिक सार्वजनिक शेयर निष्कासनको लागि आवेदन परेको जनाएको हो । 

बोर्डमा प्राप्त भएका आवेदनमा अध्ययन भइरहेकाेले सम्भवतः चालु आर्थिक वर्षभित्रमै अधिकांश कम्पनीले प्राथमिक सार्वजनिक निष्कासन गर्न पाउने बोर्डका सहायक कार्यकारी निर्देशक रुपेश केसीले बताउनुभयो । यस्तै अहिले पनि झण्डै एक अर्ब बराबरको आईपीओ स्वीकृत भइसकेको उहाँले बताउनुभयो । 

जसमध्ये रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ करोड रुपैयाँ बराबरको र समाज लघुवित्त वित्तीय संस्थाको ८६ लाख रुपैयाँ बराबरको साधारण शेयर निष्का;न हुँदै छ । त्यस्तै लिबर्टी इनर्जी कम्पनीको ३७ करोड ५० लाख रुपैयाँ बराबरको साधारण शेयर निष्का;न हुँदैछ । जसमध्ये लिबर्टीले भदौ ३ देखि र रिलायन्स लाइफ इन्स्योरेन्स र समाज लघुवित्तले भदौ चार गतेदेखि प्राथमिक सार्वजनिक निष्कासन गर्ने मिति तय गरेका छन् ।

चालु आर्थिक वर्षमा जीवन बीमा, निर्जीवन बीमा र लघुवित्त कम्पनीहरुको सबैभन्दा बढी आवेदन पर्ने सम्भावना रहेको पनि केसीले बताउनुभयो । अहिले पनि केही कम्पनीहरु आईपीओ निष्कासनको प्रक्रिया बुझ्न आइरहेकाेले अझ बढी आवेदन पर्न सक्ने सम्भावना रहेको उहाँको भनाइ छ ।

त्यसबाहेक केही जलविद्युत् कम्पनीहरुले पनि आईपीओ निष्कासन गर्नकाे लागि बुझ्न आएको केसीले बताउनुभयो । अहिले बोर्डमा १६ वटा कम्पनीले प्राथमिक सार्वजनिक शेयर निष्कासनका लागि आवेदन दिएका छन् । जसमध्ये चार वटा कम्पनी प्रारम्भिक अध्ययनको क्रममा छन् भने पाँच वटा कम्पनीको अध्ययनसँगै प्रतिबद्धताका लागि पठाएको र बाँकी सात वटा कम्पनीको अध्ययनको क्रममा रहेको बोर्डले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया