शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि काठमाण्डाै उपत्यकामा जात्रा र भेला गर्न गराउन रोक लगाइएको छ । स्वास्थ्य मापदण्ड पालना गर्नका लागि कडाइ गर्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी भदौ १५ गतेसम्मका लागि जात्रा, भेला नगर्न निर्देशन दिएको हो ।
खुला ठाउँमा भेला हुन, जम्मा हुन, भिडभाड गर्न र सभा, जुलुस गर्न नपाइने विज्ञप्तिमा उल्लेख छ । यस्तै दैनिक हुने नित्य पूजाबाहेकका सबै धार्मिक गतिविधिहरु, उद्योग व्यापार व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलाप, चाडपर्वलगायतका धार्मिक सांस्कृतिक कार्यका लागि भिडभाड नगर्न तथा शैक्षिक संस्था नखाेल्न भनिएको छ ।
साथै सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैुलुन, ब्युटी पार्लर, जिमखाना, खेलकुदलगायतमा पनि रोक लगाइएको छ । निषेध गरिएका गतिविधि गरेको पाइए कारबाही हुने काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।