शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – नारायणी नदीमा पानीको बहाव बढेपछि सतर्क रहन साइरन बजाइएको छ ।
चितवनको देवघाट र नारायणगढ पुल क्षेत्रमा बाढीको बहाव उच्च भएको र त्यस क्षेत्रमा सतर्कताको तह पार गरेकोले साइरन बजाइएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
लम्जुङको बेंसिशहरमा ठूलो पानी परिरहेकोले पनि नदीमा पानीको बहाव बढ्ने भएकोले नारायणी नदी क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको महाशाखाले जनाएको छ ।
यस्तै अहिले बारा, पर्सा र रौतहटको केही ठाउँमा ठूलो पानी परिरहेकोले लालबकैया र अन्य नदीमा बाढी आउन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । यसैबीच पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अबको तीन दिन देशको धेरैजसो ठाउँमा पानी पर्ने मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ ।
मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेकाले तीन दिन देशभर वर्षाको सम्भावना रेहको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । अहिले देशका धेरैजसो ठाउँमा बादल लागेको र प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।