प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन वार्ता

 साउन ३१, २०७७ शनिबार १५:१८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।

 भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले बधाई र शुभकामना व्यक्त गर्नुभएको हो । ओली र मोदीबीचको टेलिफोन वार्ता भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । 

यसअघि प्रधानमन्त्री ओलीले ट्वीटमार्फत पनि भारतको स्वतन्त्रता दिवसका अवसरमा बधाई एवं शुभकामना दिनुभएको थियो ।

 उहाँले भारतका नागरिकको थप प्रगति र समृद्धिको पनि कामना गर्नुभएको छ । भारत सन् १९४७ को अगष्ट १५ मा ब्रिटिस साम्राज्यबाट मुक्त भएको थियो ।

 भारतमा शासन गरिरहेको बेलायती सरकारले सन् १९४७ मा भारत छाडेर गएपछि भारत ब्रिटिस साम्राज्यबाट मुक्त भएको हो । त्यसै दिनको सम्झनामा भारतले हरेक अगस्ट १५ मा स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।


 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया