शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमितको सम्पर्कमा गएका व्यक्तिलाई सम्पर्कमा गएको पाँच दिनपछि मात्र पीसीआर परीक्षण गराउन आग्रह गरेको छ ।
शरीरमा भाइरस प्रवेश गरेको पाँच दिन सम्म परिक्षण गर्दा संक्रमण नदेखाउन सक्ने भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो । तर पाँच दिन सम्म भने घरमै आइसोलेशनमा बस्नुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।
यस्तै मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारका घटना बढेको भन्दै यस्तो नगर्न आग्रह गरेको छ । कसैले स्वास्थ्यकर्मी तथा कोरोना सङ्क्रमितलाई दुर्व्यवहार गरेमा कारबाही गर्ने पनि मन्त्रालयले चेतावनी दिएको छ ।
यसैगरी मन्त्रालयले देशका सबै शिक्षण अस्पतालहरुलाई आफ्नो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि छुट्टै भवनमा आइसोलेशनको व्यवस्था गरी एक तिहाई शैया कोरोना सङ्क्रमितको उपचारको लागि छुट्याउन निर्देशन दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।