रुसमा कोरोनाभाइरस विरुद्धको खोप उत्पादन शुरु

 साउन ३१, २०७७ शनिबार १८:१२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रुसले कोरोनाभाइरस विरुद्धको खोप उत्पादन शुरु गरेको छ ।

यो महिनाको अन्तिममा खोप लगाउन शुरु गर्ने गरी उत्पादन थालिएको रुसको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ । गएको मंगलबार रुसले यो खोप मानिसमा परीक्षण गरेको थियो ।

खोपको विश्वसनियतामा प्रश्न नउठोस् भनेर राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नै छोरीमा खोपको परीक्षण गर्नुभएको थियो । राष्ट्रपति पुटिनले खोपले परीक्षणसम्बन्धी आवश्यक सबै विधिहरू पूरा गरेको बताउनुभएको छ ।

दुई दिनअघि खोपको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय रूपमा व्यक्त भइरहेका चिन्ताहरूलाई रुसले 'एकदमै आधारहीन' भनेको थियो । द्रुत गतिमा खोप बनाउने नाममा रुसले सुरक्षासम्बन्धी विधिहरू ख्याल नगरेको हुन सक्ने भन्दै कतिपय विज्ञहरूले चिन्ता व्यक्त गर्दै आएका छन् ।

रुसले बनाएको खोपलाई लिएर अमेरिका र युरोपमा प्रश्नहरू उठिरहे पनि केहि देश भने सकारात्मक छन् । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टे आफैले रुसी खोपको परीक्षण गर्ने बताउनुभएको छ भने इजरायलले पनि खोप खरिदको सम्झौता गर्ने जनाएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

1 Comments

  •  0 Reply

तपाईको प्रतिक्रिया