‘आम नागरिकको लागि देशमा सरकार भएको कुनै अर्थ भएन’ : नेपाली काँग्रेस

 साउन ३१, २०७७ शनिबार १९:२७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली काँग्रेसले सिन्धुपाल्चोकको लिदी पहिरोमा भएको मानवीय क्षतिमा सरकारको गम्भीर लापरबाही देखिएको भन्दै कडा आलोचना गरेको छ ।

लिदी, नाम्फा, सानो नाम्फा, लिम्लुङ लगायतका बस्तीका नागरिकले गाउँ जोखिममा रहेको भन्दै दश दिन अघि नै निवेदन दिँदा पनि सरकार मौन रहेको भन्दै काँग्रेसले सरकारको आलोचना गरेको हो ।

नागरिकले ज्यान बचाउन गुहार माग्दा पनि चुप लागेर बस्नु सरकारको गम्भीर र अक्षम्य गल्ती भएको काँग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । लिदीबासीका लागि सरकार भए–नभएको कुनै अर्थ नभएको र नागरिकको जीवनप्रति राज्यको चरम वेवास्ताको उदाहरण यो घटनाले दिएको काँग्रेसको ठहर छ ।

कोरोना महामारी नियन्त्रणमा असफल भइसकेको सरकार सिन्धुपाल्चोकको लिदी विपद् र बाढीपहिरोका अरु घटनापछि शासकीय योग्यता सार्थकता शून्यतामा पुगेको काँग्रेसले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया