रसियामा तयार भयो कोरोना विरुद्धको खोपको पहिलो खेप

 साउन ३२, २०७७ आइतबार १०:५२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - रुसले आफ्नो देशमा बन्दै गरेको कोरोना भाइरस विरुद्धको खोपको पहिलो खेप तयार भएको जनाएको छ । 

यो खोप यसै महिनाको अन्त्यसम्म बजारमा जाने रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिजोमात्रै खोप उत्पादन सुरु भइसकेको बताएको रुसले त्यसको केही समयमै खोपको पहिलो खेप तयार भएको बताएको हो । 

यद्यपी खोपलाई भर्खरै तेस्रो चरणको परीक्षणका लागि स्वीकृति दिइएको छ । यस चरणमा हजारौं मानिसमा परीक्षण गरिने भएकाले खोप उत्पादनको लागि यो चरणलाई महत्वपूर्ण मान्ने गरिएको छ । रुसले खोपलाई 'स्पुतनिक ५’ नाम दिइएको छ । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो खोप सुरक्षित रहेको दाबी  गर्नुभएको छ ।  उहाँले खोप आफ्नी छोरीलाई दिइएको र खोप लगाएपछि सञ्चो भएको बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसी समाचार संस्था इन्टरफ्याक्सका अनुसार यो खोप  विकास गर्ने गामेलिया इन्स्टिच्युटले आउँदो डिसेम्बर-जनवरीसम्म प्रति महिना ५० लाख डोज खोप उत्पादन गर्न सक्ने दाबी गरेको छ ।

रुसले गरेको खोपको तीव्र विकासप्रति अन्य देशले भने आशंका व्यक्त गरेका छन् ।  

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया