काेराेनाकाे उपचार गरिरहेका अस्पताललाई स्वास्थ्य मन्त्रालयले अनुदान दिने

 साउन ३२, २०७७ आइतबार १६:१२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को उपचार गरिरहेका अस्पताललाई अनुदान दिने भएको छ ।

स्वास्थ्य मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर कोरोना भाइरस सङ्क्रमणको उपचार गर्ने अस्पताललाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश २०७७ बमोजिम सङ्क्रमित बिरामी तथा शङ्कास्पद बिरामीको उपचार गर्ने सबै अस्पताललाई अनुदान दिने जनाएको हो ।

उपचारबापत अनुदान दाबी गर्न दुई दिनभित्र विवरण बुझाउन मन्त्रालयले भनेको छ । तोकिएको समयभित्र विवरण नबुझाउने अस्पतालको हकमा कुनै कठिनाइ भएमा सम्बन्धित अस्पताल नै जिम्मेवार हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया