नेकपा सचिवालय बैठक सोमबार बस्ने, विवाद समाधान गर्न बनेको कार्यदलले वैधानिकता पाउने

 साउन ३२, २०७७ आइतबार १६:३७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको सचिवालय बैठक साेमबारका लागि बोलाएको छ । साेमबार बिहान साढे ९ बजे बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

केही दिनयता अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी कमिटीको बैठक नै नराखेर विवाद समाधानका लागि भन्दै कार्यदल बनाएको भन्दै असन्तुष्टि सुरु भएको छ । ६ सदस्यीय कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन गरेर वैधानिकता दिनुपर्ने भन्दै वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन माग गर्नुभएको थियो ।

गएको साउन ३ गतेदेखि नेकपाको सचिवालय बैठक बस्न सकेको थिएन । साउन ३ गतेको बैठकमा मङ्सिरमा (ताेकिएकाे समयभन्दा अघि) महाधिवेशन गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले प्रस्ताव गर्नुभएको थियो ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तावमा सहमति जनाउनु भए पनि बैठकपछि भने आफू 'अर्ली' महाधिवशेनको पक्षमा नरहेको बताउनुभएको थियो । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

1 Comments

  • टेकलाल भुसाल

    Aug. 16, 2020, 6:11 p.m.

    पुरै देश काेभिडले आक्रन्त भएकाे बेला सम्पुर्ण शक्ति जनताकाे जिउधनकाे सुरक्षार्थ खटिनुपर्ने चिकीत्सकिय प्रबिधी, औषधि र औषधिजन्य उपकरणहरु जुटाउनकाे निम्ति लाग्नुपर्ने दुई ईतिहाईकाे सरकार यत्रा महिना बित्दा पनि संबेदनहिन बनेकाे देख्दा धिक्कार लाग्छ यीनीहरुलाई मर्नै नपर्नेजसरि पद र पैसाकाे निम्ति जस्ताेसुकै कदम उठाउन पछि नपर्ने तिमीहरुप्रति जिउँदो छदै श्रद्धाञ्जली।

  •  0 Reply

तपाईको प्रतिक्रिया