‘मलाई दीर्घ राेग छैन, काेराेनाले छुँदैन भन्ने भ्रम त्यागाैँ, हामी सबै जाेखिममा छौँ’

 साउन ३२, २०७७ आइतबार १८:३७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यका र प्रदेश नम्बर २ मा अहिले कोरोना भाइरसको सङ्क्रमण फैलिँदो छ । कोरोना दीर्घ रोगी भएका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकालाई मात्र लाग्छ भन्ने भ्रमका कारण कोराना दिन प्रतिदिन फैलिँदै छ ।

स्वास्थ्य मन्त्रालयले अब पनि लापर्वाही नगर्न र सावधानी अपनाउन आम नागरिकलाई आग्रह गरेको छ । कोरोनाले धनी, गरिब र रोगी/निरोगी नभन्ने हुँदा बेलैमा सचेत हुन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमको अनुरोध छ । उहाँ भन्नुहुन्छ, ‘हरेक व्यक्तिले सरकारले बनाएको मापदण्ड पालना गरौँ, यो मापदण्ड सरकारको लागि होइन, आफ्नो लागि बनाएको भनेर पालना गरौँ ।’

सरकारले सामान्य स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्दा कोरोना फैलिएको भन्दै यसबारे गम्भीर बन्न आग्रह गरेको छ । कतिपयले आफूलाई दीर्घ रोग नभएकाले कोरोनाले छुन सक्दैन भन्ने भ्रम पाल्ने गरेका पाइएको भन्दै त्यसो नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ । ‘बाहिर सोचेजस्तो कोभिड–१९ (काेराेना भाइरस) सँग जुध्न हाम्रो शरीर सक्षम नहुन सक्छ, हामी सबै कोरोनाको जोखिममा छौँ’, उहाँले भन्नुभयाे । 

यस्तै, आफ्नो साथीभाइ र चिनजानको मान्छेलाई भेट्दा कोरोना सर्दैन भन्ने भ्रम हटाउन पनि स्वास्थ्य मन्त्रालयको सुझाव छ । मन्त्रालयले हरेक व्यक्तिले आफूलाई सङ्क्रमित मान्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुपर्नेमा जोड दिएको छ ।

यस्तै, अहिले बिरामीको उपचार र सेवामा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा पनि कोरोना फैलिरहेकाेले हाम्रो सामान्य लापर्वाहीले भोलिका दिनमा भयावह अवस्था आउन सक्ने उहाँले बताउनुभयाे । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतम भन्नुहुन्छ, ‘भोलिका दिनमा हामीलाई सेवा दिने व्यक्तिकै सङ्कट हुन्छ । त्यसैले बेलाबेलामा साबुन पानीले २० सेकेण्डसम्म मिचीमिची हात धोऔँ, मास्क लगाऔँ, सकेसम्म घर बाहिर ननिस्कौँ । आफ्नो सुरक्षा आफैले गरौँ ।’

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया