शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ - विभिन्न समयमा नेपाल छिरेका सलहको झुण्ड हराउँदै गएको छ ।
केही दिनयता कतै पनि सलह नदेखिएकाले नोक्सानी गर्ने सम्भावना टरेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सहदेव हुमागाईँका अनुसार मौसम प्रतिकूलताका कारण सलहको झुण्ड हराउँदै गएको हो ।
नेपाल छिरेको सलह कीराले धेरै नोक्सानी गर्न नसकेको पनि उहाँको भनाइ छ । केन्द्रकाअनुसार सीमावर्ती भारतमा भएको सलहको झुण्ड पनि नेपाल आउने सम्भावना लगभग टरेको छ । भारतको राजस्थानमा केही झुण्ड रहेको छ।
तर हावाको गति र मौसम प्रतिकूलताका कारण तत्काल नेपाल छिर्ने सम्भावना नभएको हुमागाईँले बताउनुभयो । सलह अबको १०/१५ दिन नेपाल छिर्ने सम्भावना नभएको र त्यसपछि भने बिस्तारै-बिस्तारै मौसममा आउने परिवर्तनसँगै सलह पनि सकिँदै जाने केन्द्रका प्रमुख हुमागाईँको दाबी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।