नेकपाको सचिवालय बैठक सुरु

 भदौ १, २०७७ सोमबार १०:३१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । 

बैठक बालुवाटारमा सुरु भएको पार्टीका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । सचिवालय बैठकले नेकपा विवाद समाधान गर्न शुक्रबार गठन भएको कार्यदललाई अनुमोदन गर्नेछ भने कार्यदलको कार्यादेश पनि तयार पार्नेछ । 

पछिल्लो समय अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी कमिटीको बैठक नै नराखेर विवाद समाधानका लागि भन्दै कार्यदल बनाएकोमा  असन्तुष्टि सुरु भएको छ । ६ सदस्यीय कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन गरेर वैधानिकता दिनुपर्ने भन्दै वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन माग गर्नुभएको थियो । 

गएको साउन ३ गतेदेखि नेकपाको सचिवालय बैठक बस्न सकेको थिएन ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया