नेकपाको विवाद समाधानका लागि गठित कार्यदल सचिवालयबाट अनुमोदन

 भदौ १, २०७७ सोमबार १२:८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले विवाद समाधान गर्न गठित कार्यदललाई अनुमोदन गरेको छ । 

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यसअघि गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन गरेको हो । बैठकपछि पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले कार्यदलले छिटोभन्दा छिटो जिम्मेवारी पूरा गर्ने बताउनुभयो ।

पछिल्लो समय अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी कमिटीको बैठक नै नराखेर विवाद समाधानका लागि भन्दै कार्यदल बनाएकोमा असन्तुष्टि थियो । ६ सदस्यीय कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन गरेर वैधानिकता दिनुपर्ने भन्दै वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन माग गर्नुभएको थियो ।

 गएको साउन ३ गतेदेखि नेकपाको सचिवालय बैठक बस्न सकेको थिएन । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया