इप्पानको अध्यक्षमा कृष्ण आचार्य सर्वसम्मत

 भदौ १, २०७७ सोमबार १२:२२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को अध्यक्षमा कृष्ण आचार्य सर्वसम्मत चयन हुनुभएको छ ।

गएरातिको साधारणसभाले कृष्ण आचार्यको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको हो । गएको चैतमा नै नयाँ नेतृत्व चयन हुनुपर्नेमा विवादका कारण हुन सकेको थिएन ।

इप्पानको उपाध्यक्षमा आशिष गर्ग, गणेश कार्की र मोहन डाँगी तथा महासचिवमा गोरे शेर्पा पनि सर्वसम्मत चयन हुनुभएको छ । यस्तै भरतबहादुर खत्री, बलराम खतिवडा र रामप्रसाद आचार्य सचिव तथा र कोषाध्यक्षमा आनन्द चौधरी चयन हुनुभएकाे छ ।

भरत खड्का, प्रकाश दुलाल, उत्तम ब्लोन, भरत लामिछाने थापा, कविता पोखरेल र अभिज्ञा मल्ल सदस्यमा चयन हुनुभएकाे छ ।

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया