शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – गएको २४ घण्टामा काठमाण्डौ उपत्यकामा एक सय ६८ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
नियमित प्रेस बिफ्रिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाण्डौमा एक सय ३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो । योसँगै काठमाण्डाै उपत्यकामा सङ्क्रमितको सङ्ख्या दुई हजार एक सय ३५ पुगेको छ ।
केही दिनदेखि काठमाण्डौ पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेकाे जिल्लाको सूचीमा छ ।
केही दिनयता काठमाण्डाै उपत्यकालगायत देशका विभिन्न जिल्लामा काेराेना भाइरसकाे जाेखिम बढिरहेकाे छ । जाेखिम बढेसँगै स्वास्थ्य प्राेटाेकलकाे पालना गर्न मन्त्रालयले बारम्बार आग्रह गर्दै आइरहेकाे छ ।
उपत्यकामा समुदायस्तरमै कोरोना सङ्क्रमित भेटिने क्रम बढेपछि विज्ञहरुले थप सचेतता अपनाउनुपर्नेमा जोड दिइरहेका छन् ।
बाक्लो बस्ती, आर्थिक क्रियाकलाप तथा जोखिम वर्ग धेरै भएकोले यहाँ कोरोनाको महामारी चर्को हुने भएकाले अहिले नै नियन्त्रणका लागि थप पहल आवश्यक रहेको विज्ञहरुको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।