नागार्जुन नगरपालिकाकाे वडा नम्बर ९ र १० अत्यावश्यक बाहेकका सेवा बन्द

 भदौ १, २०७७ सोमबार १७:१८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डाैको नागार्जुन नगरपालिकाले कोरोनाको उच्च जोखिमयुक्त क्षेत्र भन्दै वडा नम्बर ९ र १० मा अत्यावश्यक बाहेकका सेवा नदिने निर्णय गरेको छ ।

मङ्गलबारदेखि अर्को सूचना नआएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाले साेमबार विज्ञप्ति निकालेर जाँडरक्सीको पसल, ब्युटिपार्लर, सैलुन, ठेलागाडा पसल, खेलकुदका कार्यक्रम गर्न नपाइने जनाएकाे छ ।

साथै मर्निङ वाक, मठ मन्दिर जान र सार्वजनिक ठाउँमा भेला गर्न नपाइने जनाएको छ । यस्तै रेस्टुरेन्टबाट खाजा तथा खाना पनि प्याकिङ गरेर घर पठाउन पाइने तर त्यहीँ बसेर खान नपाइने विज्ञप्तिमा उल्लेख छ ।

अत्यावश्यक वस्तु खाद्यान्न, फलफुल, औषधिलगायतका पसल बिहान ५ बजेदेखि दिउँसो १२ बजेसम्म मात्र खोल्न पाइने छ । यस्तै यी वडामा नयाँ मानिसको प्रवेश भएको थाहा पाए जानकारी गराउन पनि नागार्जुन नगरपालिकाले आग्रह गरेको छ । 

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया