‘सामाजिक सञ्जालमार्फत बुबाको मुख हेरौँ’

 भदौ २, २०७७ मंगलबार ८:१३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अहिले कोरोना भाइरसको महामारी फैलिरहेको छ । नेपालमा पनि सङ्क्रमितको सङ्ख्या बढिरहेको छ ।

यही बेला चाडपर्व पनि आउन थालेका छन् । चाडपर्वको बेला सावधानी नअपनाउँदा जोखिम झन् बढ्छ । त्यसैले महामारीको यो बेला चाडपर्व मनाउँदा विशेष ध्यान दिनुपर्छ । 

बुबाको मुख हेर्ने दिन अर्थात् कुशे औँसी मनाउँदा पनि कोरोना नफैलियोस् भनेर सचेत हुनुपर्छ । ज-जसको बुबा जीवितै हुनुहुन्छ, उहाँहरुले यो वर्ष सामाजिक सञ्जालका विविध एप्लिकेसन प्रयोग गरेर बुबाको मुख हेरौँ । 

जस्तै भिडियोमार्फत कुरा गरेर अर्थात् फोन गरेर बुबाको मुख हेर्न सकिन्छ । प्रायः वृद्धवृद्धाहरु दीर्घरोगी हुने गर्छन् । बुबाको मुख हेर्न जाँदा हामीले सँगै कोरोना लिएर गएका हुन सक्छौँ । जुन कुरा हामीलाई थाहा नहुन पनि सक्छ। 

मास्क लगाउँछु, सामाजिक दूरी कायम गरेर बुबाको मुख हेर्न जान्छु भन्नेले पनि यो वर्षको कुशे औँसीमा विचार गर्नैपर्ने अवस्था छ । सकेसम्म बुबाको मुख हेर्न सामाजिक सञ्जालमा एप्लिकेशनको प्रयोगमार्फत नै गरौँ । जानै पर्ने अवस्था भयो भने पनि सामाजिक दूरी कायम गरौँ । धेरै भिडभाड गर्दै नगरौँ । 

जसको बुबा हुनुहुन्न । जसले कुशे औँसीको दिनमा बुबालाई सम्झेर श्राद्ध गर्दै आउनुभएको छ । उहाँहरुले पनि ख्याल गर्न आवश्यक छ । श्राद्ध गर्ने ठाउँमा पुरोहित हुन सक्छन् । आफन्त हुन्छन् । त्यसले भिडभाड बढाउन सक्छ । त्यसतर्फ पनि सचेत हुनुपर्छ  । 

श्राद्ध गरिरहेको अवस्थामा पनि वरपर भिड नगरौँ, सामाजिक दूरी कायम गर्नुपर्छ ।  मास्कको प्रयोग  गरौँ ।  मुख्य कुरा भनेको भिडभाड नगर्ने नै हो । कोरोना जो कोहीलाई पनि हुन सक्छ । त्यसैले चिनेजानेका र आफू-आफूमा कोरोना हुँदैन भन्ने भ्रम त्याग्नुपर्छ ।

(डा.रक्षा गौतमसँग उज्यालो सहकर्मीले गरेको कुराकानीमा आधारित)

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया