शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ - उपत्यकामा मात्रै कोरोना सङ्क्रमितको संख्या दुई हजार नाघेको छ ।
देशभर २७ हजार २ सय ४१ जनामा सङ्क्रमण पुष्टि भएकोमा उपत्यकामा मात्रै सङ्क्रमितको संख्या २ हजार १ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार काठमाण्डौमा एक हजार ७ सय ५, ललितपुरमा २ सय ८२ जना र भक्तपुरमा १ सय ४७ जना छन् ।
हिजो मात्रै उपत्यकामा काठमाण्डौमा १ सय ३९, ललितपुरमा १५ र भक्तपुरका १४ जना गरी १ सय ६८ जना कोरोना सङ्क्रमित थपिएका थिए ।
उपत्यकामा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण १० जनाको ज्यान गएको छ । नेपालमा अहिलेसम्म २७ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको छ ।
जसमध्ये १७ हजार ४ सय ९५ जना उपचारपछि निको भएका छन् । ९ हजार ६ सय ३९ जना आइसोलेशनमा छन् भने १५ हजार १ सय ९८ जना क्वरेण्टीनमा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।