बाँकेमा कोरोनाबाट थप एक जनाको ज्यान गयो

 भदौ २, २०७७ मंगलबार ११:३९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके - कोरोना सङ्क्रमणका कारण बाँकेमा थप एक जनाको ज्यान गएको छ । 

नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर ५ का ६२ वर्षीय पुरुषको नेपालगञ्ज शिक्षण अस्पतालमा सोमबार राति उपचारको क्रममा ज्यान गएको हो ।  

ज्वरो आएपछि उपचारका लागि साउन ३२ गते शिक्षण अस्पतालमा भर्ना गरिएका ती व्यक्तिमा निमोनिया देखिएको अस्पतालले जनाएको छ ।  

सङ्क्रमितको स्वास्थ्य अवस्था गम्भीर भएपछि सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ, अस्पतालका सह-निर्देशक डा. नितेशकुमार कनोडियालगायतले प्लाज्मा लागि कोरोना निको भई घर फिर्ता भएका व्यक्तिहरुलाई ए पोजेटिभ रगत दिन सार्वजनिक रुपमै आह्वान गर्नुभएको थियो ।

ती व्यक्तिमा सोमबार नै कोरोना पुष्टि भएको थियो । बाँकेमा यसअघि नरैनापुर गाउँपालिका, बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकाका १/१ जना गरी तीन जनाको कोरोनाका कारण निधन भएको थियो । बाँकेमा मंगलबार थप १३ जना निको भई डिस्चार्ज हुनुभएको छ ।

 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया