शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ - नेपालमा कोरोना सङ्क्रमणका कारण थप ४ जनाको ज्यान गएको छ । पोखरामा दुई तथा ललितपुर र बाँकेमा एक/एक जनाको ज्यान गएको हो ।
तनहुँ र कास्कीका १/१ जनाको पोखरामा ज्यान गएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । पोखराको वडा नम्बर १६ दीपमा बस्ने ८७ वर्षका पुरुषको आज बिहान र तनहुँ ब्यास १ की ५० वर्षकी महिलाको गएराति ज्यान गएको हो ।
ज्यान गुमाएकी तनहुँकी महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो भने पोखराका पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचार भैरहेको थियो । यस्तै ललितपुरको पाटन अस्पतालमा थप एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।
आज बिहान उपचारको क्रममा नवलपरासीका ३७ वर्षका पुरुषको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालले जानकारी दिनुभयो । उहाँका अनुसार गएको शुक्रबार अस्पताल भर्ना भएका पुरुषमा शनिबार कोरोना पुष्टि भएको थियो ।
उहाँलाई कडा निमोनिया भएपछि अस्पताल ल्याएर आईसीयूमा भर्ना गरिएको गेलालले जानकारी दिनुभयो । यस्तै गएराति बाँकेको नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर ५ का ६२ वर्षका पुरुषको पनि नेपालगञ्ज शिक्षण अस्पतालमा ज्यान गएको छ ।
ज्वरो आएपछि अस्ति आइतबार अस्पतालमा भर्ना गरिएका पुरुषको हिजो कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय ११ पुगेको छ । तर आज ज्यान गुमाएका चार जनाको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने नियमित पत्रकार सम्मेलनमा मात्रै जानकारी दिनेछ ।
नेपालमा अहिलेसम्म ५ लाख २९ हजारको पीसीआर परीक्षण गरिएकोमा २७ हजार २ सय ४१ जनाको कोरोना पुष्टि भएको छ । जसमध्ये १७ हजार ४ सय ९५ जना निको भएका छन् । ९ हजार ६ सय ३९ जना आइसोलेशनमा र १५ हजार १ सय ९८ जना क्वरेण्टीनमा रहेका मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।