नेपालको झण्डा जलाएर भिडिओ बनाउनेको खोजी तीव्र, भिडिओको सर्वत्र विरोध

 भदौ २, २०७७ मंगलबार १४:४२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालको झण्डा जलाएर बनेको एउटा भिडिओको चर्को विरोध भएको छ ।

मङ्गोल हप अफिसियल युट्युब च्यालनमा आइतबार अपलोड भएको भिडिओमा विभिन्न समुदायलाई अश्लिल भाषामा गाली गरिएको छ । भिडिओमा नेपालको झण्डामा आगो लगाएको देखिन्छ । भिडिओ श्री विष्णु आधारभूत विद्यालय, वाग्मती गाउँपालिका वडा नम्बर तीन सल्लेनीमा छायाँकन भएको देखिएको छ । 

देशको  झण्डा जलाएको र समुदायलाई भड्काउने हिसाबले आएको भिडिओ युट्युबबाट हटाएर गायकलाई कारबाहीको माग उठेको छ । सामाजिक सञ्जालमा भिडिओको सर्वत्र विरोध भइरहेको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले ट्वीटमार्फत यस्ता गतिविधि गर्नेलाई कडा कारबाहीको माग गर्नुभएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले पनि भिडिओको विरोध गर्दै तत्काल कारबाहीको माग गर्नुभएको छ । 

नेपाल प्रहरीले गायक र भिडिओमा अभिनय गर्नेको खोजी तीव्र पारिएको जनाएको छ । मङ्गलबार बिहानै जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरीका अन्य निकायलाई पनि गायक र भिडिओमा देखिएका अन्यको खोजीको लागि सर्कुलर भइसकेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले उज्यालोलाई जानकारी दिनुभयो ।

‘भिडिओ सुटिङ भएको ठाउँ प्रस्ट चिनिएको छ, अभिनय गर्नेको अनुहार पनि प्रस्ट छ, उनी छिटै पक्राउ पर्नेछन्’, प्रहरी प्रवक्ता कडायतले भन्नुभयो । 

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • सन्तोष Tmg

    Aug. 19, 2020, 1:56 p.m.

    निकै राम्रो काम तर नेपालको नकशा केक बनाएर काटीखानेलाई चाही किन तिब्र खोजी गरि कार्बाही भएन? अनि झ्ण्डा च्यात्तिएको जस्तो बनाएर पुस्तकको बाहिरी पन्नामा राख्ने चल्तिको लेखक र प्रकासकलाई पनि किन तिब्र खोजी गरि कार्बाही गरिएन ? सक्तिको खुट्टा ढोग्ने ढोङ्गी पत्रीकालाई मेरो प्रश्न? छ दम देशको स्वरुपलाई केक बनाई काटिखानेको विरुद्ध कलम चलाउने कुनै माइकलालको ?

  •  0 Reply
  • Nitesh Das

    Aug. 18, 2020, 5:03 p.m.

    नेपाली भएर नेपालको झण्डामा आगो ....यो मान्छेलाई कारवाही गर्नुपर्यो /

  •  0 Reply
  • Kumar Gurung

    Aug. 18, 2020, 4:23 p.m.

    नेपाली कानुनबमोजिम कारबाही गर्नुपर्छ तर देशको नक्शा जस्तो केक बनाएर काटेर खाने र झण्डा जलाउने दुबैलाई

  •  0 Reply

तपाईको प्रतिक्रिया