शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ – सरकारले बैंकको एटीएम मेसिनबाट पैसा झिकेपछि अनिवार्य रुपमा हातमा स्यानिटाइजर दल्न आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले एटीएम प्रयोग गर्दा कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै प्रयोग गर्नासाथै हातमा स्यानिटाइजर दल्न आग्रह गर्नुभएको हो । उहाँले बैंकहरुले पनि एटीएम मेसिनलाई नियमित निर्मलीकरण गर्न आग्रह गर्नुभयो ।
भिडभाड कम गर्नको लागि एटीएम तथा इन्टरनेट बैंकिङको प्रयोग गर्न बैंकहरुले आग्रह गरिरहेका छन् । तर एटीएमको प्रयोग गर्दा पनि आफू जानुभन्दा अघि एटीएम प्रयोग गर्ने व्यक्ति सङ्क्रमित भएमा भाइरस रहन सक्ने र हातबाट सर्ने जोखिम धेरै हुने भएकोले प्रयोग गर्नासाथ हात धुन वा स्यानिटाइजर लगाउन विज्ञहरुले आग्रह गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।