तीन सहसचिवलाई राजदूतको जिम्मेवारी, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

 भदौ २, २०७७ मंगलबार १७:४६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले परराष्ट्र मन्त्रालयका तीन जना सहसचिवलाई तीन वटा देशको राजदूतकाे रुपमा नियुक्त गरेको छ ।

सोमबारको मन्त्रीपरिषद्को बैठकले बेल्जियम र युरोपेली युनियनको राजदूतमा गेहेन्द्र राजभण्डारी, पाकिस्तानको लागि तापस अधिकारी र जर्मनीको लागि रामकाजी खड्कालाई नियुक्त गरेको हो । उहाँहरु तीनै जना परराष्ट्र मन्त्रालयका कर्मचारी हुनुहुन्छ । 

यस्तै सरकारले विद्युत् प्रसारण र वितरण प्रणालीको लागि एसियाली विकास बैंकबाट दुई सय मिलियन डलर अर्थात् झण्डै २४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ । यस्तै यसै परियोजनाको लागि नर्वे सरकारबाट ३५ मिलियन मिलियन डलर अर्थात् चार अर्ब रुपैयाँ अनुदान लिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । 

यस्तै सरकारले विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमको शेयर खरिद गर्न थप शेयर लगानी गर्नको लागि अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ । 

मन्त्रिपरिषद्ले राजस्व बोर्डको प्रमुखमा पूर्वसचिव महेश दाहाल र सदस्यमा निर्मलहरि अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

यस्तै सरकारले समाज कल्याण परिषद्को कोषाध्यक्षमा डाक्टर लोकनाथ सुवेदीलाई नियुक्त गरेको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा डाक्टर देवराज रोका नियुक्त हुनुभएको छ ।

साथै प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी पौडेल नियुक्त हुनुभएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया