शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टि आज गरिदैछ । केही समयदेखि बिरामी हुनुभएका राष्ट्रकवि घिमिरेको हिजो बेलुकी १ सय १ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।
उहाँको अन्त्यष्टि आज पशुपतिमा गरिने परिवारले जनाएको छ । नेपाली सेनाले अन्तिम सलामी अर्पण गर्नेछ । शव बाहन ,बोक्ने व्यक्ति र परिवारले चाहे अनुसार घिमिरेको दाहसंस्कार गरिने सेनाका प्रवक्ता तथा सहायक रथी सन्तोषबल्लभ पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।
योग र ध्यानलाई आफ्नै दैनिक जीवनको हिस्सा बनाएका घिमिरेले गौरी खण्डकाव्यमा आफ्नो पहिलो पत्नी गौरीको निधनको मार्मिक बिलौना गर्नु भएको छ । उमेर बढ्दै गएसँगै र पछिल्लो वर्षको अस्वस्थताको कारणले घिमिरेलाई केही औषधि खानु परे पनि उहाँले १०१ वर्षसम्म पनि स्वस्थ्य जीवन बाँच्नुभयो ।
२०७४ साल फागुन २ गते उहाँलाई सेनाले मानार्थ ब्रिगेडियर जनरलको उपाधिले सम्मानित गरेको थियो । १९७६ साल असोज ७ गते लमजुङको साबिक बाहुनडाँडा गाविसको पुस्तुनमा जन्मिनु भएका घिमिरेले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम चलाउनुभएको छ ।
घिमिरेले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रबन्धलगायतका क्षेत्रमा कलम चलाउनु भएको छ । तिमध्ये राष्ट्रकवि घिमिरेका गौरी शोक काव्य सबैभन्दा चर्चित छ । उहाँका ‘नवमञ्जरी, ‘घामपानी, ‘नयाँ नेपाल र ‘किन्नरकिन्नरी आदि कविता सङ्ग्रह प्रकाशित छन् । स्वच्छन्दतावादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपालीजस्ता कैयौँ राष्ट्रिय भावका गीत तथा कविताहरू लोकप्रिय छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।