शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – नेपालमा थप एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । आज बिहान ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको ज्यान गएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
ती महिलालाई गएको साउन २१ गते अस्पताल भर्ना गरिएको थियो । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १ सय १५ पुगेको छ । आज ज्यान गुमाएकी महिलाको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ ।
मन्त्रालयका अनुसार अहिलेसम्म ५ लाख ४२ हजार ८ सय ६६ जनाको पीसीआर परीक्षण गरिएकोमा २८ हजार २ सय ५७ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १७ हजार ५ सय ८० जना निको भएका छन् । १० हजार ५ सय ६३ जना आइसोलेशनमा र १३ हजार ९ सय २६ जना क्वरेण्टीनमा रहेका मन्त्रालयले जानकारी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।