शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
अछाम – रामारोशन गाउँपालिकामा बाढी पीडितको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पुगेको छ ।
बाढीमा हराइरहेकाहरुको खोजी तथा विस्थापितलाई सुरक्षित ठाउँमा सार्न सेनाको हेलिकप्टरमार्फत उद्धार टोली पुगेको गाउँपालिकाका अध्यक्ष झंकबहादुर साउदले जानकारी दिनुभयो । उहाँका अनुसार केहीलाई सुरक्षित ठाउँमा सारिएको छ । अरुलाई पनि सार्ने काम भइरहेको छ ।
यस्तै बाढीमा परेर घाइते भएका केहीको अवस्था सामान्य छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
मङ्गलबार राति आएको बाढीमा परेर अहिलेसम्म ६ जनाको ज्यान गएको छ भने ११ जना हराइरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।