मालीका राष्ट्रपतिलाई सेनाले राजीनामा दिन लगाएकोमा राष्ट्रसंघको निन्दा

 भदौ ४, २०७७ बिहीबार ६:५६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  - अफ्रिकी देश मालीका राष्ट्रपतिलाई सेनाले जबरजस्ती पदबाट राजीनामा दिन लगाएको भन्दै संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । 

राष्ट्रसंघीय सुरक्षा परिषद्ले नियन्त्रणमा लिइएका राष्ट्रपति इब्राहिम बोउबाकार केइटासहित अरु उच्च पदस्थ व्यक्तिलाई तत्काल रिहा गर्न पनि माग गरेको बीबीसीले जनाएको छ । 

यसअघि अफ्रिकी संघ, क्षेत्रीय नेताले पनि घटनाको निन्दा गर्दै नियन्त्रणमा लिएका सबै नेतालाई छाड्न माग गरेका थिए । अफ्रिकी संघले मालीको सदस्यता निलम्बन गरेको छ । 

सेनाले भने देशको बिग्रँदो अवस्था जोगाउनको लागि राष्ट्रपति, प्रधानमन्त्री बोउबोउ सिसेसहित शीर्ष अधिकारीलाई पदबाट हटाएको बताएको छ । उसले छिट्टै चुनाव गराएर नागरिक सरकार गठन गर्ने पनि जनाएको खबरमा उल्लेख छ । 

सुरक्षाकर्मीले राष्ट्रपति केइटा, प्रधानमन्त्री बोउबोउ सिसेसहित शीर्ष नेतृत्वलाई राजधानी बामाको नजिकै सैन्य क्याम्पमा बन्धक बनाएपछि राष्ट्रपति केइटाले राजीनामा दिनुभएको छ । उहाँले टेलिभिजनमार्फत गरेको सम्बोधनमा सरकार तथा संसद भंग गरेको घोषणा पनि गर्नुभएको थियो । साहारा मरुभूमिसम्म फैलिएको माली विश्वको सबैभन्दा गरिब देशमध्ये एक हो । 

मालीमा धेरै पटक सैनिक विद्रोह भएको छ । अहिले पनि मालीमा जिहादी आक्रमण र जातिय हिंसा रोक्नको लागि संघर्ष भैरहेको छ ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया