शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा कालाजार राेग देखा परेको छ ।
बाहुनीडाँडाका पाँच जना स्थानीयलाई कालाजार रोग लागेको र उपचारपछि घर फर्किसकेको स्वास्थ्य चौकी बाहुनीडाँडाका अहेब मदन पण्डितले बताउनुभयो । सबै जना फरक–फरक समयमा उपचारबाट फर्किएपछि मात्र कालाजार लागेको बारे जानकारी भएको स्वास्थ्य चौकीले जनाएको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा चार जनालाई र चालू आर्थिक वर्षमा एक जनालाई कालाजार भएको हलेसी तुवाचुङ नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले बताउनुभयो । कालाजारबाट बिरामी हुनेमा १२ वर्षदेखि ५९ वर्षसम्मका व्यक्ति रहेका छन् ।
सङ्क्रमित पाँच जनामध्ये चार जनाको ओखलढुंगामा र एक जना महिलाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वास्थ्य परीक्षणमा कालाजार भएको पुष्टि भएको जनाइएको छ । यसबारेमा स्वास्थ्य कार्यालय र प्रदेशलाई पनि जानकारी गराइसकिएको नगरको स्वास्थ्य शाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।