आज तीज, शिवालय बन्द, घरघरमै मनाउन राष्ट्रपति भण्डारीको आग्रह

 भदौ ५, २०७७ शुक्रबार ७:७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज हरितालिका तीज नाचगान र पूजा उपासना गरेर मनाईंदैछ । आज व्रत बसेर शिव पार्वतीको पूजाआराधना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।

गएराति मिठा एवं पाेषिला परिकार दरका रुपमा खाएर व्रतको पूर्व तयारी गरेका व्रतालु आज बिहानै व्रत बसेर शिवालयमा गएर पूजाआजा गर्छन् ।

महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई लिने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता पीर मर्कालाई महिलाले सार्वजनिक गर्ने चलन छ ।

पछिल्लो समय तीजका नाममा उच्छृङ्खलता र तडकभडक आएको भन्दै संस्कृतिविदले चिन्ता व्यक्त गर्ने गरेका छन् । यसैबीच यो वर्ष कोरोना भाइरसको महामारीले गर्दा काठमाण्डौको पशुपतिनाथसहित देशभरका शिवालय बन्द भएपछि महिलाहरुले घरमै बसेर पूजाआजा गरिरहेका छन् ।

मन्दिरहरु सुनसान रहेका छन् । महामारीको जोखिम बढ्न सक्ने भन्दै सरकारले धार्मिक स्थल बन्द गरेको छ भने स्वास्थ्यकर्मी र डाक्टरले पनि मन्दिर नजान सुझाव दिएका छन् । सरकारको निर्देशनअनुसार महिलाले घरमै तीज मनाइरहेका छन् ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै तीज पर्व मनाउन आग्रह गर्नुभएको छ । तीज पर्वको अवसरमा शुभकामना सन्देश दिदै राष्ट्रपति भण्डारीले मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने गरी चाड मनाउन आग्रह गर्दै यो वर्ष भेटघाट र जमघट गर्न सकिने अवस्था नभएकोले घरमै मनाउन आग्रह गर्नुभयो ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि कोरोना भाइरसका कारण उत्पन्न प्रतिकूल अवस्थामा यसपालीको तीज घरैमा बसेर मनाउन आग्रह गर्नुभएको छ । यस्तै सभामुख अग्निप्रसाद सापकोटाले स्वास्थ्य मापदण्डका नियम पालना गर्दै सतर्कताका साथ तीज पर्व मनाउन आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया