प्युठानका कोरोना सङ्क्रमितको बुटवलमा ज्यान गयो

 भदौ ५, २०७७ शुक्रबार १०:३४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्युठान - कोरोना सङ्क्रमणको उपचार गराइरहेका प्युठानका एक जनाको ज्यान गएको छ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ का ६४ वर्षीय एक पुरुषको आज बिहान बुटवलको कोरोना वशेष अस्पतालमा उपचारका क्रममा ज्यान गएको वडा अध्यक्ष टेक बहादुर भट्टराईले बताउनुभयाे ।

यस्तै प्युठानकै झिमरुक गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिका सिल गरिएको छ । झिमरुक गाउँपालिकामा कार्यरत दुईजना कर्मचारी सहित ६ जनालाई पीसीआर परीक्षणको क्रममा बिहीबार कोरोना देखिएपछि गाउँपालिका सिल गरिएकाे हाे ।

गाउँपालिका कार्यालय, वडा नं ५ को कार्यालय, मच्छी, ढाँड बजार र ४ नं वडाको चुधारा बजार क्षेत्र गएराति १२ बजेदेखि अर्को सूचना नआएसम्मका लागि सिल गरेको हो ।

सङ्क्रमित कर्मचारीको प्रत्यक्ष सम्पर्कमा आएका कर्मचारीहरु र अन्य व्यक्तिहरुको स्वाब सङ्कलन गरी पठाउन र सङ्क्रमण फैलिन नदिन सिल गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले बताउनुभयाे ।

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया